संसदमा रेशम चौधरीको रिहाइ र नविना चौधरीको न्याय गर्नुपर्ने माग [भिडियोसहित]

नेकपा माओवादी केन्द्रका सांसद अमन लाल मोदीले जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गरेका छन्। संसदको शून्य समयमा बोल्दै सांसद मोदीले थारुहरु अझै अन्यायमा परेको र अधिकारको लागि लडेकै भरमा टीकापुर घटनामा थारुहरुलाई राजबन्दी बनाइएको भन्दै उनले सरकारको आलोचना गरे।

उनले नागरिकता विधेयक तुरुन्त पारित गर्न मागसमेत गरे। नागरिकताको नपाएको कारण तराईमा भयावह अवस्था भइरहेको छ। बालबच्चाहरू पढ्न पाएको छैन। जागिर खान पाएको छैन। तसर्थ, सरकारको तुरुन्त ध्यान जाओस् र नागरिकता विधेयक पारित गरोस्,’ उनले भने।

त्यस्तै नेकपा एमालेकी सांसद गंगा थारुले १७ जनाको ज्यान गइसक्दा पनि बाघ नियन्त्रणमा सरकारले ध्यान नदिएको आरोप लगाए। उनले नविना चौधरीलगायत ज्यान गुमाएहरुलाई न्याय दिनुपर्ने भन्दै गृमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *