ओराली बजार घटनाका कमान्ड सम्हालेका राजापुरका डीएसपी सूर्य सुवेदी जिल्लामा तानिए

बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन्। उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो।

चौतर्फी दबाबपछि डीएसपी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ। जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्रबहादुर शाहीले डीएसपी सुवेदीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको बताए। गृह मन्त्रालयबाट गठन भएको छानबिन टोली बुधबार बर्दिया आउने एसपी शाहीले जनाए। इलाका प्रहरी कार्यालय,राजापुरमा जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटालाई खटाइएको छ।

यसैबीच तनिदेखि बन्द रहेको गुलरिया राजापुर सडकखण्डमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। आन्दोलनकारीसँग बुधबार वार्ता हुने भएको छ। प्रहरीको गोली लागेर सोमबार मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो। प्रहरीको गोलीबाट सोही ठाउँका राकेशकुमार चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचार नेपालगन्जमा भइरहेको छ।




One thought on “ओराली बजार घटनाका कमान्ड सम्हालेका राजापुरका डीएसपी सूर्य सुवेदी जिल्लामा तानिए

Leave a Reply to Bir bahadur tharu Cancel reply

Your email address will not be published. Required fields are marked *