थारुमाथि गोली चलाउने प्रहरीलाई कारबाही गर्ने सहमति, नविना चौधरीको सालिक पनि बनाइने

बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भयो। उनको शव गुलरिया अस्पतालमा राखिएको छ। बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीयरुपमा ५ बुँदे सहमति भएको छ। तर, सो सहमति मृतकका परिवारले अस्वीकार गरेका छन्।

पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक छानविन समिति बनाउने र गोली चलाउनेलाई कारबाही गर्ने सहमति भएको छ। सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मधुवन नगरपालिकाले सालिक बनाउने सहमति गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले रातोपाटीलाई बताए।

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन्। अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।

झडपमा परेर ९ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन्। घाइतेलाई सरकारले उपचार गर्ने सर्वपक्षीय सहमति भएको छ। आक्रमणकारी बाघलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने पनि सहमति भएको छ। स्थानीय राजनीतिक दलहरु र जिल्ला प्रशासन कार्यालयको बिचमा भएको सहमती पीडित पक्षले अस्विकार गरेका छन्।

पीडितलाई सहमति गर्ने प्रयास भइरहेको प्रजिअ बास्तोलाले बताए। प्रहरीको गोली लागेर नविनाको मृत्यु भएपछि लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्याय घटनास्थलमा पुगेका छन् मृतकको टाउकोमा चोट लागेको छ। उनको पोष्टमार्टम हुन बाँकी छ। पीडित परिवार सहमत भएपछि पोष्टमार्टम गरिने लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्यायले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *