नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगको माग

बर्दियाको ओराली बजारमा प्रहरीको गोलीबाट मारिएकी १८ वर्षीया नविना चौधरीको हत्यारालाई कानुनी कारबाही गर्न थारु आयोगले माग गरेको छ। आयोगका प्रवक्ता घनश्याम उपाध्यायले प्रेस विज्ञप्ति जारी गर्दे मृतकको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन सरकासँग मागसमेत गरेको छ।

‘बर्दियाको मधुवन नगरपालिका-२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अ्समिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपश्चात् स्थानीय बासिन्दाले ओराली बजारमा वन्यजन्तुको आक्रमणबाट जोगाउन सुरक्षाको माग गर्दै भएको प्रदर्शनमा एक जना थारु महिलाको गोली लागि दुखद निधन भएको र केही प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएको घटनाप्रति थारु आयोगको गम्भीर ध्यानाकर्षण भएकव छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गम्भीर प्रकृतिको घटनालाई संवेदनशीलरुपमा लिई घटनाको स्वतन्त्र, निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन तथा सम्पूर्ण घाइतेहरुको शिघ्र उपचार गर्न एवं पटक-पटक वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति भइरहेको हुँदा आगामी दिनमा यस प्रकारको घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *