प्रहरीले नविना चौधरीको गोली हानी हत्या गरेपछि गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन्।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।

यो पनि पढ्नुस् :

थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार (भिडियोसहित)

प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी




One thought on “प्रहरीले नविना चौधरीको गोली हानी हत्या गरेपछि गृह मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

  1. 2072साल को घट्ना पछि नेपाल प्रहरी ले थारु लाई एकदमै दमन गरिरहेको के यदि यस्तै गरिरहे अब चुप बस्नु हुँदैन अब हामी पनि कानुन लाई मिच्नु पर्छ

Leave a Reply to Laxman Cancel reply

Your email address will not be published. Required fields are marked *