रेशम चौधरीको रिहाइ माग गर्दै लोसपा अध्यक्षले दिए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ठाकुरसहितको टोलीले ज्ञापन पत्र बुझाएको हो।

‘मधेस आन्दोलन/थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाइ गर्ने,’ ज्ञापन पत्रमा भनिएको छ।

त्यस्तै संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिन लोसपाले माग गरेको छ।

त्यस्तै मधेस र थरुहट आन्दोलन सम्बन्धमा गठित गरिशचन्दर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नसमेत लोसपाले माग राखेको छ।




One thought on “रेशम चौधरीको रिहाइ माग गर्दै लोसपा अध्यक्षले दिए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  1. त्यतिको मानीस मर्नु प्रमाण होइन र ?

Leave a Reply to Surya kunwar Cancel reply

Your email address will not be published. Required fields are marked *