इटहरी र धनगढी उपमहानगरपालिकामा थारु महिला उपप्रमुखमा निर्वाचित

इटहरी र धनगढी उपमहानगरपालिकामा थारु समुदायकी महिला उपप्रमुखमा निर्वाचित भएकी छन्। इटहरीमा संगीताकुमारी चौधरी ३२ हजार ४३६ मत ल्याउँदै निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए।

त्यस्तै प्रमुखमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन्। पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए।

त्यस्तै धनगढीमा एमालेकै कन्दकला राना थारु १५ हजार ४७९ मत ल्याएर विजयी भइन्। उनका निकतम प्रतिद्वन्द्वी माओवादीकी शान्ति अधिकारीले र अधिकारीले १२ हजार ६७० मत पाइन्।

मेयरमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *