टीकापुरका थारुहरुको भावना विपरीत लक्ष्मण थारुले स्टाट्स लेखे, तुरुन्त सच्याइयोस् : सुरेन्द्र चौधरी

थारु अभियन्ता सुरेन्द्र चौधरीले थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। कैलाली जनताले नागरिक उन्मुक्ति पार्टीलाई दिएको अभिमतविरुद्ध उनले सामाजिक सञ्जालमा आफ्नो भनाइ उल्लेख गरेका छन्।

उनले टीकापुर झुठा मुद्दामा जेलमा रहेका राजबन्दीहरुको रिहाइका लागि निर्वाचितहरुले पहल गर्लान् त? भन्दै प्रशर्न गरेका छन्। उनले भनेका छन्, ‘कि चुनाबी प्रचारमात्र हो? चुनाबी प्रचारका बेला प्रचण्ड, ओलीलगायत सबैजसो पार्टीहरुले कैलालीको गाउँ-गाउँमा हामी टीकापुर राजबन्दीहरुको झुठा मुद्दा फिर्त्ता गाराइछाड्ने प्रचारमा केन्द्रीत थिए। हामी चाहन्छौं टीकापुर बाटै आन्दोलनको तयारी सुरु गरौँ।’

कैलालीका थारुहरुले नागरिक उन्मुक्ति पार्टीलाई दिएको अभिमतविरोधी उनले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै थारु अगुवा चौधरीले आपत्ति जनाएका हु्न्।

‘नागरिक उन्मुक्त पार्टीलाई कैलालीका जनताले ठूलो पार्टी बनाएका छन्। त्यसविपरीत थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकबाट यस्तो अभिव्यक्ति आउनु आश्चर्यजनक छ। उक्त भनाइ तुरुन्त फिर्ता लिन र सच्याउन आग्रह गर्दछु,’ उनले भने।

करिब दुई दसकदेखि थारुहरुको मुक्ति अभियानमा लागेका अगुवा चौधरीले कैलालीका थारुहरुजस्तै सबै ठाउँका थारुहरु गोलबद्ध भएर नागरिक उन्मुक्ति पार्टीमा आबद्ध हुनुपर्ने बताए। उनले यो पार्टी उत्पीडनमा परेका सबैको भएको बताए।

‘नागरिक उन्मुक्ति पार्टीले जसरी कैलालीमा आफूलाई स्थापित गरे। त्यसरी नै यसलाई सबै जिल्लामा स्थापित गर्नुपर्छ। यो उत्पीडन परेका जातजाति र वर्गहरुको पार्टी हो। त्यसैले आदिवासी जनजाति, मधेसी, मुस्लिम सबै जना बहस र शक्ति निर्माणका लागि आह्वान गर्दछु,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *