रामजनम र जनकराज चौधरीको गृहपालिका जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

कांग्रेसका दुई थारु नेता रामजन चौधरी र जनकराज चौधरीको गृह पालिका जोशीपुरमा रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी सुरुवात गरेको छ। गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्। उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत ल्याए। नागरिक उन्मुक्तिले वडा नं. १, ३, ४ र ५ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ। वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं. ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन्।

त्यस्तै वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा, वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा र वडा नं. ७ मा नेकपा एमालेका बमबहादुर शाह विजयी भएका छन्। जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो। यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो।




One thought on “रामजनम र जनकराज चौधरीको गृहपालिका जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

  1. Janta janardan sanga thulo shakti hunchha,nepali congress le afano kamjori sudar garna jaruri xa.

Leave a Reply to Santosh kathariya Cancel reply

Your email address will not be published. Required fields are marked *