सरावल गाउँपालिकामा सुखाडीप्रसाद चौधरी निर्वाचित

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे ।

चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरेकी हुन् । हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ । निवर्तमान गाउँपालिका प्रमुख राधेश्याम चौधरी कांग्रेस उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *