राजापुरमा दिपेश थारु र मनकला चौधरी निर्वाचित

बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन्। उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याए। त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित भएकी छन्। उनले १० हजार ८६ मत पाएकी छन्। त्यस्तै नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने एमालेकी सावित्री शर्मा बख्रेलले पाँच हजार ४२२ मत पाइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *