सप्तरीको अग्निसाइरमा दिनानाथ चौधरी र कल्पना चौधरी निर्वाचित

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन्।

दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत ल्याए। २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा चौधरी निर्वाचित भएका थिए।

उपाध्यक्षमा कांग्रेसकी चौधरी ४ हजार २ सय १६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्रीकुमारी लेखीले ३ हजार ४ सय ५९ मत ल्याइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *