टीकापुर, भजनी, जानकी र जोशीपुरको नयाँ मत परिणाम, सबै ठाउँमा रेशम चौधरी पार्टीको अग्रता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा चार वटा पालिकामा अग्रता लिइरहेको छ। टीकापुरमा नगरपालिकामा मेयर उम्मेदवार रामलाल डगौरा थारुले ५६७८ मतका साथ निरन्तर अग्रस्थानमा रहेका छन्। उपप्रमुखमा पनि उल्कादेवी विश्वकर्मा ४५१९ मतका साथ अगाडि छिन्।

थारुको प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावल ३४३२ मतका साथ पछ्याइरहेका छन् भने उपप्रमुखमा माओवादीका खडकबहादुर शाह ४३३० मतका साथ पछ्याइरहेका छन्।

त्यस्तै जोशीपुर गाउँपालिकामा अध्यक्ष उम्मेदवार चित्रबहादुर चौधरीले २४२६ मतका साथ अगाडि छन्। दोस्रो नम्बरमा राप्रपाका भीमबहादुर बम २२३१ मत ल्याएका छन्। उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया २४२४ मतका साथ अग्रस्थानमा छिन् भने दोस्रो नम्बरमा कांग्रेसकी किरण चौधरी १७३० मत ल्याएकी छन्।

त्यस्तै भजनी नगरपालिकामा मेयर उम्मेदवार केवल चौधरी ४२६१ मतका साथ अगाडि छन्। उपमेयरमा राजु तिरुवा ३६०५ मतका साथ दोस्रो नम्बरमा छन्। केवललाई माओवादीका शेरबहादुर चौधरीले २६४८ मतका साथ पछ्याइरहेका छन् भने उपमेयरमा कांग्रेसका गोकेन्द्र भण्डारी २१०९ मतका साथ पछ्याइरहेका छन्।

त्यस्तै जानकी गाउँपालिकामा अध्यक्ष उम्मेदवार गणेश चौधरी १४५६ मतका साग अग्रस्थानमा छन्। उनलाई कांग्रेसका परशुराम महतौ कठरिया १४५० मतका साथ पछ्याइरहेका छन्। उपाध्यक्षमा गीता चौधरी १६२३ मतका साथ अग्रस्थानमा छिन्। उनलाई माओवादीका जयप्रकाश दहितले १३१७ मतका साथ पछ्याइरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म ६ वटा वडामा विजयी भइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *