यस्तो छ टीकापुरको पछिल्लो मत परिणाम

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा अग्रता कायमै राखेको छ। ५ वटा वडाको मतगणना सकिँदा नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ४२१६ मतका साथ अग्रस्थानमा छन्।

दोस्रो स्थानमा कांग्रेसका नवराज रावल २३६५ मत ल्याएका छन् भने तेस्रोमा एमालेका श्याम खत्रीले १६६५ मत ल्याएका छन्।
त्यस्तै उपप्रमुखतिर नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार उल्का देवी विश्वकर्माले ३२२९ मतका साथ अग्रस्थानमा छन्।

माओवादीका खड्कबहादुर शाहले ३०३५ मतका साथ पछ्याइरहेका छन्। एमालेकी उपमा देवी केसीले भने १३७५ मत पाएकी छन्।

५ वटा वडामध्ये दुइटामा नागरिक उन्मुक्ति पार्टी, दुइटामा माओवादी र एउटा कांग्रेस विजयी भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *