माओवादी गढमा कांग्रेसका छबिलाल थारु मेयरमा निर्वाचित

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ।

बारबर्दिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका छबिलाल थारु निर्वाचित भएका छन्। थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुको पक्षमा ९ हजार १०९ मत परेको छ।

त्यसैगरी उपमेयर पदमा नेपाली कांग्रेसकै रत्नकुमारी पाण्डे १२ हजार ४९१ मतसहित निर्वाचित भएकी छन्। उनको प्रत्यासी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मतमात्र पाएकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *