हालसम्म थारु उम्मेदवारले जिते ५० बढी वडा, बढी कांग्रेसका (सूचीसहित)

कञ्चनपुरको बेलौरीमा ३ वटा वडाअध्यक्षमा थारु उम्मेदवार निर्वाचित भएका छन्। वडा २ मा एमालेका कलवीर चौधरी १०३२ मत ल्याइ निर्वाचित भएका छन्। वडा ९ मा राना थारु समुदायबाट नेपाली कांग्रेसका किसन सिंह राना ६८० मत ल्याइ निर्वाचित भएका छन्। वडा १० मा भने माओवादीका सोमलाल चौधरी १११६ मत ल्याई निर्वाचित भएका छन्।

त्यस्तै कैलालीको टीकापुरमा ३ वटा वडामा थारु उम्मेदवार विजयी भएका छन्। टीकापुर-४ मा नागरिक उन्मुक्ति पार्टीका लालविर चौधरी १२३० मत ल्याएर विजयी भए। सोही पार्टीका बलवीर थारु वडा ५ निर्वाचित भए। उनी ८२० मत ल्याएर निर्वाचित भए। वडा ९ भने माओवादी केन्द्रका लौटन चौधरी ७१६ मत ल्याएर निर्वाचित भए।

त्यस्तै जोशीपुर १ मा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी ७७३ मत ल्याएर विजयी भए भने वडा २ मा जनता समाजवादी पार्टीका विष्णु चौधरी ६४२ मत ल्याए विजय भए।

त्यस्तै कैलारीको वडा २ मा कांग्रेसका विकास चौधरी विजयी भए भने वडा ३ मा सन्तराम चौधरी विजयी भए।

घोडाघोडी-२ मा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी भए। उनी १०२७ मत ल्याएर विजयी भए। त्यस्तै वडा १२ मा कांग्रेसका राम दुलारे चौधरी ८२६ मतका साथ विजयी भए।

त्यस्तै बर्दियाको राजापुर- १ मा कांग्रेसका बाबुराम चौधरी, वडा २ मा कांग्रेसकै राम चन्द्र चौधरी र वडा ३ मा माओवादीका प्रसाद थारु विजयी भए।

त्यस्तै गेरुवा १ मा कांग्रेसका कर्मप्रसाद चौधरी, वडा ५ मा कांग्रेसकै धर्म प्रकाश थारु र वडा ६ मा पनि कांग्रेसकै कृष्ण गोपाल चौधरी विजयी भए।

त्यस्तै मधुवन २ मा माओवादीका आशा राम थारु र वडा ४ मा कांग्रेसका बलीराम चौधरी निर्वाचित भए।

त्यस्तै बारबर्दिया १ मा कांग्रेसका कैलासपति थारु, वडा २ मा कांग्रेसकै राम फेरन थारु, वडा ३ मा कांग्रेसकै नन्दलाल थारु, वडा ५ मा एमालेका लाल बहादुर थारु चौधरी, वडा १० मा पनि एमालेकै रण बहादुर चौधरी र वडा ११ मा माओवादीका विजय कुमार चौधरी विजयी भए।

त्यस्तै गुलरिया १ मा कांग्रेसका जोगिराम थारु, बाँसगढी ३ मा माओवादीका रामचन्द्र थारु निर्वाचित भए।

त्यस्तै बाँकेको कोहलपुर १५ मा कांग्रेसका दिपेन्द्र कुमार चौधरी, राप्तिसोनारी ३ मा एमालेका मिन कुमार थारु र वडा ९ मा एमालेकै सोहन लाल थारु विजयी भए।

त्यस्तै दाङको राजपुर १ मा एमालेका सूर्य प्रसाद चौधरी, राप्तिमा माओवादीका पहलवान चौधरी, दंगीशरण ३ मा कांग्रेसका सुकलाल चौधरी र वडा ४ मा एमालेका कमल थारु विजयी भए।
त्यस्तै नवलपरासी पूर्वको कावासोती १७ मा एमालेका चुरा मणी थनेत निर्वाचित भए।

त्यस्तै बाराको कोल्हबी ११ मा कांग्रेसका नन्दच किशोर चौधरी र वडा १२ मा कांग्रेसकै कुञ्जबिहारी चौधरी निर्वाचित भए। त्यस्तै करैयामाई २ मा एमालेका सुरेन्द्र चौधरी र वडा ८ मा एमालेका दिनेश चौधरी भए।

त्यस्तै सर्लाहीको हरिपुर ७ मा कांग्रेसका मनोज कुमार चौधरी, ईश्वरपुर १५ मा कांग्रसकै उमेश कुमार चौधरी, बलरा ९ मा माओवादीका विरेन्द्र प्रसाद चौधरी र रामनगर १ मा माओवादीकै ब्रहमदेव चौधरी विजयी भए।

त्यस्तै सप्तरीक खड्ग ४ मा एकीकृत समाजवादीका गंगाराम चौधरी, शम्भुनाथ २ मा कांग्रेसका दुर्गानन्द भगत, अग्निसराई २ मा माओवादीका पशुपतिप्रसाद चौधरी निर्वाचित भए।

त्यस्तै सुनसरीको रामधुनी १ मा कांग्रेसका महेश कुमार चौधरी, वडा २ मा एमालेका राम नारायण चौधरी, दुहबी २ मा कांग्रेसका अरबिन्द कुमार बिश्वाौस विजयी भएका छन्।




One thought on “हालसम्म थारु उम्मेदवारले जिते ५० बढी वडा, बढी कांग्रेसका (सूचीसहित)

Leave a Reply to Narendra chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *