टीकापुरमा रेशम चौधरीको पार्टीको अर्को जित, वडा ४ मा लालवीर चौधरीको प्यानल विजयी

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको पार्टीले अर्को जित निकालेको छ। वडा ४ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालवीर चौधरीको प्यानल विजयी भएको छ। लालवीरले १२३० मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ४५० मत पाए भने नेकपा एमालेका उम्मेदवारले ३६७ मत पाएका छन्।

टीकापुर हालसम्म ४ वटा वडाको मतगणना सम्पन्न भएको छ। जसमा दुई वटा नागरिक उन्मुक्ति पार्टी र बाँकी दुईमा माओवादी र कांग्रेस विजयी भएको छ।

त्यस्तै मेयर उम्मेदवार रामलाल डंगौराले ४०८९ मतका साथ अग्रस्थान कायम राखेका छन्। कांग्रेसका नवराज रावल २२४९ मतका साथ दोस्रो स्थानमा छन् भने तेस्रोमा नेकपा एमालेका श्याम खत्री १५४८ मत ल्याएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *