देशभरि २९ पालिकामा थारु उम्मेदवारले लिँदैछन् अग्रता (सूचीसहित)

देशभरि थारु समुदाय २९ जना उम्मेदवारले पालिका प्रमुखमा अग्रता लिएका छन्। तीमध्ये सबैभन्दा धेरै कांग्रेसबाट ११ पालिकामा अग्रता लिएको छ भने एमालेबाट १० र जसपा र रेशम चौधरीको पार्टीबाट ३ पालिकामा अग्रता लिएको छ। माओवादीबाट भने एक पालिकामा अग्रता लिएको छ।

हेर्नुस् सूची

कञ्चनपुर

बेलडाँडी कांग्रेसका हरिशचन्द्र रानाले १६७१ मतका अग्रता लिएका छन्।

बेलौरीमा माओवादीका पोतिलाल चौधरीले १९२२ मतका साथ अगाडि छन्।

लालझाडीमा एमालेका निर्मल राना १५८५ मतका साथ अग्रता लिएका छन्।

कैलाली

कैलारीमा कांग्रेसका रामसमझ चौधरी १२५४ मतका साथ अगाडि छन्।

जानकीमा कांग्रेसका परशुराम महतौ कठरिया ३५६ मतका साथ अग्रता लिएका छन्।

जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६८६ मतका साथ अग्रता लिएका छन्।

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीकै रामलाल डंगौरा थारु १६२५ मतका साथ अगाडि छन्।

भजनीमा पनि नागरिक उन्मुक्ति पार्टीकै केवल चौधरी ८१२ मतका साथ अगाडि छन्।

बर्दिया

बारबर्दियामा कांग्रेसका छविलाल थारुले ४४३८ मतका साथ अगाडि छन्।

बाँके

डुडुवामा कांग्रेसका नरेन्द्र कुमार चौधरी ७७४ मतका साथ अगाडि छन्।

राप्ति सोनारीमा एमालेका रामदास थारु ३१९४ मतका साथ अग्रता लिएका छन्।

लमहीमा कांग्रेसका जोगराज चौधरी १३३३ मतका साथ अगाडि छन्।

नवलपरासी पश्चिम

प्रतापपुरमा जसपाका राजेशप्रसाद चौधरी ४४५ मतका साथ अगाडि छन्।

सरावलमा एमालेका सुखाडीप्रसाद चौधरी थारुले ९४६ मतका साथ अगाडि छन्।

चितवन

माडीमा एमालेकी तारकुमारी काजी महतोले २४४५ मतका साथ अगाडि छन्।

पर्सा

जिराभवानीमा एमालेका रामपृत महतो ६४७ मतका साथ अगाडि छन्।

पटेर्वा सुगौलीमा एमालेकै हरिनारायण चौधरी ४१९ मतका साथ अगाडि छन्।

बारा

कोल्हबीमा कांग्रेसका रामप्रसाद चौधरी ६९६ मतका साथ अग्रता लिएका छन्।

रौतहट

गुजरामा जसपाका सन्तलाल चौधरी ४२१ मतका साथ अगाडि छन्।

सिरहा

लहानमा कांग्रेसका महेशप्रसाद चौधरीले ७६५ मतका साथ अग्रता लिएका छन्।

सप्तरी

अग्निसराईमा एमालेका दिनानाथ चौधरीले ८२५ मतका साथ अग्रता लिएका छन्।

शम्भुनाथमा जसपाका विनोद कुमार चौधरी ३१३ मतका साग अगाडि छन्।

सुरुङ्गामा कांग्रेसकी गीता चौधरी ७६७ मतका साथ अगाडि छन्।

सुनसरी

गढीमा एमालेका आशनारायण चौधरी १३२२ मतका साथ अगाडि छन्।

दुहबीमा कांग्रेसका बेदनारायण गच्छदार ९१४ मतका साथ अगाडि छन्।

रामधुनीमा एमालेका शंकरलाल चौधरी ९३३ मतका साथ अगाडि छन्।

मोरङ

कटहरीमा कांग्रेसका देवराज चौधरी २०८६ मतका साथ अगाडि छन्।

ग्रामथानमा कांग्रेसकै जयप्रकाश गच्छदार थारुले १११५ मतका साथ अगाडि छन्।

बुढीगंगामा एमालेका बलभद्र सरदार थारु १६२२ मतका साथ अगाडि छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *