आफ्नै चेलासँग चुनावी प्रतिस्पर्धा गर्दै कृष्णलाल चौधरी

कारी महतो
चितवन : खैरहनी नगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको पदमा आफैँले पढाएका विद्यार्थीसँग कृष्णलाल चौधरी चुनावी प्रतिस्पर्धा गर्दैछन्। उनले नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनका चेला केदारनाथ पन्तले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन्।

२०४० देखि २०५४ सम्म कपिया माविमा शिक्षकको रूपमा अनुभव हासिल गरेका चौधरीले २०५४ सालमा भएको निर्वाचनमा तत्कालीन कुमरोज गाविसको अध्यक्ष पदमा निर्वाचित भई २०५९ सालसम्म कुशलतापूर्वक जिम्मेवारी बहन गरेका थिए। २०५५ सालमा कपिया माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, २०५९ देखि २०६३ सम्म कुमरोज मध्यवर्ती वन उपभोक्ता समूहको अध्यक्षको पनि उनले जिम्मेवारी पूरा गरेका छन्।

विभिन्न समयमा थारू कल्याणकारिणी सभाको विभिन्न पदमा रही काम गरेका चौधरी चितवन जिल्ला दुग्ध विकास समितिका जिल्ला सदस्य, मत्स्य व्यावसायी संघका केन्द्रीय सदस्य र राष्ट्रिय कृषक महासंघको प्रदेश कमिटी सदस्यमा समेत रही काम गरेका छन्। २०४७ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही जिम्मेवारी पूरा गरेका चौधरीलाई वडा नं. १२ को निकै बलियो उम्मेदवारको रूपमा हेरिएको छ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनमा उनका चेला नेपाली कांग्रेसका केदारनाथ पन्तसहित अन्य प्रतिस्पर्धीहरूमा नेकपा एकीकृत समाजवादी र राप्रपाका कृष्णप्रसाद तिवारीबीच वडा अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *