घोराही-८ का उम्मेदवार धनीराम चौधरी, जो दीगो विकासका निम्ति लागिपरेका छन्

धनीराम चौधरी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं ८ मा वडाध्यक्षका बलियो उम्मेदवार हुन्। नेपाली विद्यार्थी संघ हुँदै राजनीतिक आन्दोलनमा लागेका चौधरी विजयकुमार गच्छादार नेतृत्व गरेको फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत थिए।

पछि गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेससँग एकीकरण भएपछि उनी कांग्रेसको महासमिति सदस्य भएका थिए। चौधरी आफ्नो विद्यार्थी समयदेखि अन्याय अत्याचारविरुद्द लागेको इतिहास छ।

माओवादी जनयुद्धको थालनी हुँदैगर्दा चौधरी इकाई सचिव भएर आफ्नो सफल नेतृत्व क्षमता देखाएका थिए। चौधरी कांग्रेसका पूर्व गृहमन्त्री खुमबहादुर खड्काका निकट थिए। दाङमा खड्कासँग मिलेर राजनीतिक आन्दोलनमा सहभागी भएको र राजनीतिक चेतना बढाएको उनको दाबी छ।

वडा स्तरमा उपमहानगरपालिकाले कम बजेट छुट्याउने हुनाले वडामा ठूला परियोजनामा काम गर्न गाह्रो भएको उनको भनाइ छ। नेपाली कांग्रेसको गढ मानिने दाङ घोराही उपमहानगरपालिका ८ मा यसअघि पनि कांग्रेसले जितेको थियो। सोही वडाका उम्मेदवार उनले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

उनका मुद्दाहरु दीगो विकासका मुद्दासँग मेल खान्छ। वातावरण संरक्षण निमित्त जलाधार तथा सिमसार क्षेत्रको संरक्षण, एक गाउँ एक समुदायक वन, वडामा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, सफ्टवेयर र सूचना प्रविधि इन्जिनियर, अमिन, जियोमेटिक्स इन्जिनियरिङ अध्यन गर्दै गरेका र व्यावसायिकरुपमा काम गर्दै गरेका दक्ष जनशक्तिलाई ‘सल्लाहकार स्वयंसेवकहरू’को रुपमा नियुत्त गर्ने प्रतिवद्धता लिएका छन्।

वडाभित्र हुने सम्पूर्ण विकासका गतिविधिमा अनुगमन, सल्लाह सुझाव र प्राविधिक सहयोग लिने, सुरक्षित वडा विकासका लागि ‘दीगो विकास गाउँ’को गुरु योजना निर्माण गर्ने र थारु समुदायका कलात्मक र साँस्कृतिक विविधता को संरक्षण गर्ने उनको योजना छ। त्यस्तै’ वडा कार्यालय भवनभित्र मिनी पुस्तकालयको व्यवस्था गर्ने योजनासमेत रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *