सुरुङ्गाको मेयर उम्मेददवार गीता चौधरीको यस्तो छ प्रतिवद्धता पत्र

थरुहट आन्दोलनबाट उदाएकी नेतृ गीता चौधरी नेपाली कांग्रेसबाट सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रमुख पदको दाबेदार रहेकी छन्। थारु समुदायको सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनले आफ्नो जित सुनिश्चित भएको बताइन्।

थारु बाहुल्य क्षेत्र रहेको सुरुङ्गा कांग्रेस गढ मानिन्छ। यसअघिको स्थानीय निर्वाचनमा पनि कांग्रेस विजयी भएको थियो। उनले सुरुङ्गाको विकासका लागि मुख्य ६ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन्।

पालिकाको मुख्य आधार कृषि भएकाले डीप बोरिङ, कुलो नहर खन्न र मर्मत संभार गर्न, उन्नत जातको बीउ विजनको व्यवस्था गर्न, मल खाधको व्यवस्था गर्न २५ प्रतिशतसम्म बजेट उपलब्ध गराउने योजना बनाएकी छन्।

त्यस्तै स्वास्थ्य क्षेत्रअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि घुम्ती शिविर स्थापना गर्ने, निशुल्क स्वास्थ्य परीक्षण गर्ने, २५ शैय्याको सुविधा सम्पन्न अस्पतालन निर्माण गगर्ने, गर्भवती महिलालाई पोषणयुक्त आहार र सुत्केरीलाई ५ हजारसम्मको सहयोग गर्ने र स्वास्थ्य बीमाको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ।

त्यस्तै शिक्षा क्षेत्रमा २५ प्रतिशतसम्म बजेट विनियोजन गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने र विद्यार्थीमैत्ती भौतिक पूर्वाधारको विकासमा जोड दिने प्रतिवद्धता पत्रमा उल्लेख छ।

युवालाई रोजगारीको सिर्जना गर्नुको साथै खेलकुदको विकासमा पनि १५ प्रतिशतसम्म बजेट विनियोजन गर्ने उनको प्रतिवद्धता छ।

हरेक वडाको ग्रामिण सडकलाई पक्की गर्ने योजना बुनेकी उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र हरेक कार्यालयमा अनिवार्यरुपमा नागरिक बडापत्र स्थापना गर्ने उल्लेख गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *