नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको पार्टी हो : जनकराज चौधरी

कांग्रेसको सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई फटाहाहरुको जमात भएको बताएका छन्। कैलालीको जोशीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फटाहाहरुको पार्टीले जनतालाई गुमराहमा पार्ने काम गरेको बताए।

‘जोशीपुरमा विजय प्राप्त गर्ने कांग्रेसबाहेक अरु पार्टीको हैसीयत र औकात छैन। यहाँ तमाम फटहा पार्टीहरुले जनतालाई गुम्राह पारिरहेका छन्। नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको जमात हो,’ उनले भने।

उनले नागरिक उन्मुक्ति पार्टीको कुनै नीति, सिद्धान्त नरहेको र दस्तावेज नै नरहेको बताए। ‘यिनीहरुसँग सचेत रहन सबैलाई आग्रह छ। मुलुकको राष्ट्रियताका लागि, मुलुकको अर्थ व्यवस्थालाई व्यवस्थापन गर्न, नेपालको संसदीय पद्धतिलाई जोगाई राख्न नेपाली कांग्रेसको आवश्यकता छ,’ उनले भने।

फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य बनेका जनकराज चौधरी प्रतिनिधिसभा चुनावमा तत्कालीन राजपा नेता कृष्ण चौधरीसँग पराजित भएका थिए।




2 thoughts on “नागरिक उन्मुक्ति पार्टी फटाहाहरुको पार्टी हो : जनकराज चौधरी

  1. पत्रकारले पनि यतिसम्म निम्नस्तरकाे सामग्री सम्प्रेषण नगर्नुपर्ने । नेताहरूकाे के छ । गालीकाे राजनीतिमा लागेका छन्, गरिरहेका छन् । जनक चाैधरीले के गरेर देखाएकाे छन् जाे अन्य पार्टीलाइ गाली गर्दै हिडिरहेका छन् ।

Leave a Reply to binay kushmi Cancel reply

Your email address will not be published. Required fields are marked *