बाराको करैयामाईमा एमालेको लालकिला स्थापित हुन्छ : वलवीर चौधरी

बारा : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर करैयामाई गाउँपालिका वडा नम्बर ८ को कार्यालय नरहीमा स्थापना गरिएको छ।

उद्घाटनमा पार्टीका केन्द्रीय सदस्य वलवीर चौधरीले नेकपा एमालेको पक्षमा जनलहर बढेको बताए। उनले सूयको राप र तापलाई रूख र छाताले छेक्न नसक्ने बताए।

लाल किल्लाले परिचित करैयामाई गाउँपालिकामा अहिले पुन: लाल किल्ला स्थापित हुने संकेत देखिएको उनले बताए। नेकपा एमाले बाराले आसन्न स्थानीय तह निर्वाचनमा प्रचार अभियानलाई तीब्र बनाएको छ। उम्मेदवारहरू ‘सुशासन,समृद्धि र समाजवादको आधार,पालिका-पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी छ।

करैयामाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद चौधरी, उपाध्यक्ष पदकी उम्मेदवार पार्वती थरूनीले बुधबार ‘घरदैलो’ कार्यक्रम गरेका थिए।

उम्मेदवारद्वयले सुशासन, समृद्धि,विकास निर्माण लगायतका शिक्षा,स्वास्थ्य, खेलकुद, खानेपानीलागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिबद्धता प्रकट गरेक थिए। घरदैलो कार्यक्रममा करैयामाई गाउँपालिका-८ अन्तर्गत नरही, औनिया, ईटहर, बेलाही र सिरसिया गाउँमा घरदैलो गरिएको थियो। घरदैलो कार्यक्रममा ३ हजार भन्दाबढी कार्यकार्ताको सहभागीता रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *