बाणगंगाको उपमेयरमा थारुको जित पक्का, मेयर उम्मेदवार सीता थारुको सम्भावना कति?

कपिलबस्तु : वैशाख ३० गते हुने स्थानीय तहको चुनावले यतिबेला बाणगंगा नगरमा चुनावी सरगर्मी बढेको छ। नेताका घरदेखि चोकका चिय पसलहरुमा निकै चुनावी महोल तातेको छ।

पार्टीबाट अर्शिवाद पाएका उम्मेदवारहरु यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्। नतिजा आफ्नो पक्षमा ल्याउनको लागि उम्मेदवारहरु र्‍याली, जुलुस, घरदैलो, नाँचगन कार्यक्रममा व्यस्त देखिन्छन्।

कपिलवस्तुका १० वटा पालिकामध्ये बाणगंगा एउटा थारु बहुल्यता भएको नगर हो। बाणगंगा नगरपालिकाको राष्ट्रिय जनगणन अनुसार कूल ७५,२४२ जनसंख्य रहेको छ। जसको ३७.१९ प्रतिशत थारु समुदायको मात्र जनसंख्य छ। जसले गर्दा चुनव जित्ने र हार्ने थारु समुदायको मत नै निर्णयक हुने अनुमान गरिएको छ।

थारु उम्मेदवारलाई नेताहरुको अर्शिवाद पुगेन
टिकट दिने क्रममा थारु उम्मेदवारलाई नेताहरुको अर्शिवाद पुगेन। बाणगंगा नगरमा देशकै ठूला दल मानिने कांग्रेस, एमाले र माओवादी, एकिकृत समाजवादी, जसपा र राजमो लगायतको गठबन्धनमा समेत थारु उम्मेदवारले टिकट पाउन सकेनन्।

उनीहरुलाई टिकट पाउनका लागि केन्द्रीय नेताहरुसँग ज्यु-हजुर गर्न नसक्दा नेताहरुको अर्शिवाद पुगेन। थारु बहुल्यता भएको क्षेत्रमा थारु उम्मेदवारले मेयर पद दाबी गर्दासमेत पार्टीको अर्शिवाद लाग्न नसकेको थारु अगुवाहरु चिन्तित छन्।

उनीहरुले २-४ जना नेताहरुको सिन्डिकेट र नेताहरुको गोजीबाट उम्मेदवारलाई टिकट बाँड्ने प्रवृतिको विकास भएको थारु अगुवाहरुले अरोप लगाए।

राजनीतिक योगदानको मूल्यांकन भएन
थारुहरुको राजनीतिक योगदान, उनीहरुले खेलेको भूमिकाको मूल्यांकन हुन नसक्द थारुहरु मेयर पद पाउन नसकेको उनीहरुको बुझाइ छ। हुन त नेकपा एमाले पार्टीमा ३६ वर्षसम्म सक्रिय भएर योगदान पुर्‍याएको भए पनि आफ्नो कदर नभएको भन्दै नेता जन्जिरप्रसाद चौधरीले स्वतन्त्र रुपबाट उम्मेदवारी नदिएका होइनन्। तर उनलाई पार्टीका नेताहरुको दबाबले विभिन्न बहनमा थमथम्याएर बसाल्न पुगे। जसले गर्दा एमालेभित्रका केही कार्यकर्ताहरु रुस्ट देखिन्छन्।

त्यस्तै थारु समुदायहरुको नेतृत्व दिन कन्जुस्याई गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बाणगंगा नगरपालिका-२ का वडा अध्यक्ष पदका उम्मेदवार थारु राष्ट्रिय गयक खेम चौधरीले बताए।

थारु नेतृ सीताकुमारी थारुको चर्चा
थारु बहूल्यता भएको क्षेत्र बाणगंगा नगरमा राजेन्द्र लिङ्गदेल नेतृत्व रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीले थारु उम्मेदवारलाई टिकट दिएर चर्चा कामएको छ। थारु बाहुल्यता क्षेत्रमा एउटा थारु नेतृ सीताकुमारी थारुलाई बाणगंगा मेयर पदमा उठाउनु पार्टीले थारु जातिको सम्मान गरेको थारु समुदायको बुझाइ छ।

हुन त प्रतिस्पर्धको मैदानमा उत्तिएपछि हार-जीत हुनु स्वाभाविक हो। तर थारु समुदायलाई मेयर पदमा ठूला भनिने कांग्रेस, एमालेले टिकट नदिनु आफ्नो पार्टी आफैँ कमजोर हुने बाटोतिर लागेको थारु अगुवाहरुको विश्लेषण गरेका छन्।

मेयर पदका उम्मेदवार नेतृ सीता कुमारी थारुले सम्पूर्ण थारु समुदायले आफूलाई सहयोग गरे जित सुनिश्चित रहेको बताइन्। त्यस्तै उनले अब नयाँ शक्तिको रुपमा राष्ट्रिय पजातन्त्र पार्टीको उदय हुने बताइन्। उनले सुशासन, शान्ती र स्थायी विकासको लागि सबैलाई सहयोग गर्न अपिलसमेत गरिन्।

बाणगंगामा कसको पल्ला भारी?
कपिलबस्तु जिल्लाको बाणगंगा नगरको मेयर पदमा कांग्रेसको तर्फबाट रविराज आचार्य र एमालेको तर्फबाट चक्रपाणि अर्यालबीच कडा प्रतिस्पर्ध हुने निश्चित छ।

हुन त गएको वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा कडा प्रतिस्पर्धका बीच नेपाली कांग्रेसले बाजी मारेको नगर हो। कांग्रेले एमालेका नेतृ विमला घिमिरेलाई पराजित गरेको नगर भएकाले कांग्रेसको पल्ला भारी देखिनु स्वभाविक हो।

तर, दुवै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले अधिवक्ता आचार्य र अर्याल दुवै आफ्नो जित हुने दाबी गरेका छन्। नेपाली कांग्रेसका सामाजसेवी, बौद्धिक एंव अधिवक्ता आचार्य जनताको लोकप्रिय पात्र हुन् भने चक्रपाणि आर्याल वि.स. २०७४ सालको स्थानीय चुनावमा उपमेयर पद समालिसकेका अनुभावी व्यक्ति हुन्। त्यसैले यी दुईबीच निकै कडा प्रतिस्पर्धा हुने निश्चित छ।

यद्यपि एकीकृत समाजवादी, जसपा र राजमोलगायतको गठबन्धनबाट माओवादी केन्द्रका देवराज अर्यालको उम्मेदवारी रहेकाले गठबन्धनको पनि राम्रो दबदबा देखिन्छ। यता अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भएको भन्दै आम जनसमुदायमा राम्रो छाप बनाउन सफल भएको र मेयर पदमा थारु नेतृ सीतालाई उठाएकाले सबैको उत्तिकै सम्भावना रहेको देखिन्छ।

उपप्रमुखमा थारु उम्मेदवार विजयी हुने
बाणगंगामा कांग्रेसको तर्फबाट उपप्रमुख पदमा कपिलबस्तु जिल्ला समन्वय समितिका उपप्रमुख समालिसकेकी अनुभावी एंव समाजसेवी नेतृ तारावती कुमारी थारुलाई उठाएको छ।

एमालेको तर्फबाट सामाजिक क्षेत्रमा क्रियाशिल नेतृ रीता थारुलाई उम्मेदवारी दिन लगाइएको छ। यी दुवैजना कपिलवस्तुमा लोकप्रिय नेतृहरु हुन्।

दुबै समाजमा भिजेका पात्र हुन्। तारावती जिजस उपप्रमुख भएर काम गर्दा जनतामाझ पुगेकी छन् भने रीता पनि गैसस पृष्ठभूमिबाट एमालेको जिल्ला सदस्य भएर काम गर्दा जनतामाझ पुगेकी छन्। त्यसैले दुवै उतिकै लोकप्रिय हुनुको साथै बाणगंगा नगरपालिका हाक्नसक्ने क्षमता र अनुभव राख्छन्।

बाणगांमा उपप्रमुख पदमा तारा वा रीतामध्ये एक जन विजयी हुने निश्चित छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *