रेशमको पार्टीबाट ३२४, भानुरामको पार्टीबाट १९५ र रुक्मिणीको पार्टीबाट १२ जनाले दिए उम्मेदवारी

आसन्न स्थानीय तह निर्वाचनका लागि देशभरि एक लाख ५३ हजार बढीले उम्मेदवारी दिएका छन्। जसमध्ये ८ हजार बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि थारु माग मुद्दाको एजेन्डा बोकेर केही पार्टीहरु चुनावमा होमिएका छन्। जसमध्ये सबैभन्दा बढी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ।

रेशम चौधरीको पार्टीले दुई महिलासहित १० वटा नगरपालिकामा प्रमुख, ५ वटा पालिकाको अध्यक्ष, उपप्रमुखमा ६ र उपाध्यक्षमा ५ जना र ६८ जना वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। रेशमको पार्टीबाट सबै गरेर ३२४ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै नेपाल भानुराम थारु नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीबाट १४ पालिकामा प्रमुख, ३ पालिकामा अध्यक्ष, ७ पालिकामा उपप्रमुख र २ पालिकामा उपाध्यक्ष र ४३ जना वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। उक्त पार्टीबाट कूल १९५ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)बाट दुई पालिकामा प्रमुख र ४ वडामा अध्यक्षको उम्मेदवारी दिएको छ। समग्रमा रुक्मिणीको पार्टीबाट १२ जनाले उम्मेदवारी दिएका छन्।




One thought on “रेशमको पार्टीबाट ३२४, भानुरामको पार्टीबाट १९५ र रुक्मिणीको पार्टीबाट १२ जनाले दिए उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *