गायक खेम चौधरीले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

थारु गायक खेम चौधरीले आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्‍त्र उम्मेदवारी दिएका छन्। थारु सांगीतिक क्षेत्रमा एक दसकदेखि सक्रिय रहेका उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा २ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

‘१० वर्षे थारु गीत सांगीतिक निरन्तरता साथै युवाहरुको प्रतिनिधित्व गर्दै कपिलवस्तु जिल्ला बाणगंगा नपा-२ वडाअध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारको रुपमा दर्ता गरियो,’ उनले भनेका छन्। उनले जनप्रतिनिधि भएर गाउँ समाजको विकास र सेवा गर्न उम्मेदवारी दिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *