जितपुर-सिमरा उपमहानगरमा एमालेकी सरस्वती चौधरीले दिइन् मेयरमा उम्मेदवारी

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन्। एमालेका नेताकार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन्। चौधरीको प्रस्तावक चन्द्रलाल (मनोज) पौडेल र अनिल मैनाली समर्थक रहेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी चौधरीलाई एमालेले नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। चौधरी एमाले केन्द्रीय सदस्य र बारा जिल्ला सहइन्चार्ज हुन्।

यसैगरी उपप्रमुख पदमा भोलाप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख पद महिलालाई दिएको एमालेले उपप्रमुख पदको उम्मेदवार अधिकारीलाई बनाउने निर्णय गरेको हो। अधिकारीको प्रस्तावक चुडामणि गौतम र समर्थक समिर लुइटेल रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *