सांसदबाट राजीनामा दिएर दीपेश थारुले दिए राजापुरमा उम्मेदवारी

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद दीपेश थारुले राजीनामा दिएका छन्। उनले बर्दियाको राजापुर नगरपालिकामा मेयरका उम्मेदवारका लागि राजीनामा दिएका हुन्। ‘माओवादीको तर्फबाट मेयर लड्न मैले राजीनामा दिएको हुँ। अब राजपुरको प्रमुख भएर यहाँको विकासका निम्ति खट्छु,’ उनले भने।

राजापुरमा माओवादीबाट प्रमुखमा दीपेश थारु र उपप्रमुखमा मनकला चौधरीले उम्मेदवारी दिएका छन्। मनकला अघिल्लो चुनावमा पनि माओवादीबाट उपमेयरमा विजयी भएकी थिइन्।




One thought on “सांसदबाट राजीनामा दिएर दीपेश थारुले दिए राजापुरमा उम्मेदवारी

Leave a Reply to Paras Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *