महराका स्वकीय सचिव पत्नी सीता चौधरीसहित एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा पत्नी सीता चौधरीसहित नेकपा एमालेमा प्रवेश गरेका छन्। केही दिनअघि माओवादी केन्द्र छाडेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकस्थलमा स्वागत गरे।

माओवादी छाड्नुअघिसम्म शर्मा माओवादी घोराही उपमहानगरपालिका अध्यक्षको जिम्मेवारीमा थिए। उनकी पत्नी सरिता यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीबाट घोराही उपमहानगरमा उपमेयरमा उठेकी थिइन्। तर उनी पराजित हुन पुगिन्।

शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए। तर माओवादी केन्द्रले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए। उनले आफूभन्दा जुनियर पूर्वसभामुख महराका छोरा निर्मल महरालाई घोराही उपमहानगरको इन्चार्ज बनाइएकामा पनि असन्तुष्टि जनाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *