संगठन विस्तार र पार्टी प्रवेश गराउँदै नागरिक उन्मुक्ति पार्टी

स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्वको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनिष लामा, सोनाम घिसिङलगायत नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दमनकै कारण नागरिक उन्मुक्ति पार्टीको उदय भएको बताइन्। उनले नागरिकको नागरिकता सुनिश्चितलगायगतका माग राखेकी थिइन्। ‘जहाँ दमन हुन्छ त्यहाँ अवश्य पनि द्वन्द्व सुरु हुन्छ। नागरिक उन्मुक्ति पार्टीको जन्म नै दमनले भएको हुनसक्छ,’ उनले भनिन्। उनले हरेक नागरिकको स्वतन्त्रता र उन्मुक्तिको लागि आफ्नो पार्टी स्थापना भएको समेत जानकारी दिइन्।

अध्यक्ष श्रेष्ठले अब संसारले आदीवासीको पहिचान खोजेको उल्लेख गर्दै ठूला दलहरुले नेपाली जनतामाथि दमन गर्दनौ‌ं भने पनि देशका जनताले न्याय र समानता नपाएको जिकिर गरिन्। राज्य सञ्चालनमा एकात्मकता राख्दै श्रम गर्नेको पनि इज्जत गर्नुपर्ने उनले जोड दिइन्। देशका नागरिकहरु पिछडिएर, पिल्सीएर अनागरिक झै बनेर बस्न परेको उनको भनाइ थियो। उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै धन्यवाद दिएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *