मोटरसाइकल दुर्घटनामा तीन जना थारुको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका-१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्र्याक्टरसहित ४१३ वटा सवारी साधनलाई आज कारबाही गरेको बताए। यस्तै मापसे सेवन गरी होहल्ला गरी हिँड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो। से३प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै अर्का दिवस चौधरी घाइते भएको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *