थापस चितवनका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

थारू पत्रकार संघ नेपाल चितवन शाखाको नयाँ कार्यसमिति चयनसँगै पद हस्तान्तरण गरिएको छ। नारायणगढस्थित होटल ह्याप्पी होममा बिहीबार आयोजित कार्यक्रममा सुमित्रा महतो नेतृत्वको पूर्व कार्यसमितिले नवनिर्वाचित दीपेश चौधरी नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो।

चौथौ अधिवेशनबाट निर्वाचित कार्यसमिति सदस्यहरुलाई अधिवेशनका अध्यक्ष मण्डलका संयोजक एवं थारू पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सन्त कुमार चौधरीले सपथ ग्रहण गराएका थिए।

अधिवेशनबाट बचेको नगद तथा रसिद नवनिर्वाचित कोषाध्यक्ष राकेश चौधरीलाई सन्तकुमारबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा माहसचिव चौधरी, केन्द्रीय सदस्य राजु चौधरी र संस्थापक जिल्ला अध्यक्ष कारी महतोले फगुवा पर्वको अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *