थारु पत्रकार संघ चितवनको अधिवेशनमा कारी महतो सम्मानित

थारु पत्रकार संघ चितवनको आज सम्पन्न भएको चौथो अधिवेशनमा चितवन शाखाका संस्थापक अध्यक्ष कारी महतो सम्मानित भएका छन्। चितवन जिल्ला शाखा स्थापना गरी लगातार दुई कार्यकालसम्म अध्यक्षको जिम्मेवारी पूरा गरेका महतोलाई अधिवेशनमा सम्मानित गरिएको हो।

त्यस्तै मंसिर २५ गतेका दिन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको जिल्ला कार्यसमितिमा निर्विरोध निर्वाचित भएका मनोज चौधरी, दिपेश चौधरी र अपेक्षा चौधरी तथा पुस २१ र २२ गतेका दिन फोनिज बागमती प्रदेश समिति सदस्यमा संजय चौधरी र लेखासमितिमा राकेश चौधरी निर्वाचित भएकाले उनीहरुलाई समेत जिल्ला अधिवेशनमा बधाई पत्रले सम्मानित गरिएको छ।

चितवन अधिवेशनको बन्द सत्रमा दिपेन्द्र कुमार चौधरी (दिपेश) को अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरिएको छ। समितिको उपाध्यक्षमा संजय चौधरी, सचिवमा दिपेन्द्र चौधरी, सहसचिवमा सिसम महतो, कोषाध्यक्षमा राकेश चौधरी र सदस्यहरुमा शिव महतो, अपेक्षा चौधरी, सविता महतो, प्र्रमिला महतो, विन्दा महतो र निरज महतो निर्विरोध चयन भएका छन् । त्यस्तै चैत्र १२ र १३ गते नवलपुरमा हुन गइरहेको पाँचौ राष्ट्रिय महाधिवेशनका लागि कारी महतो, सुमित्रा महतो, मनोज चौधरी, विजय चौधरी र शरदकुमार महतोलाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्य तथा थारु पत्रकार संघ नेपालको केन्द्रीय महासचिव सन्त कुमार चौधरीको विशिष्ट आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व न्यायधिश नन्दलाल महतो, थाकसका पूर्व वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य राजु चौधरी, फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, तमु पत्रकार संघ चितवनका अध्यक्ष तुलमान गुरुङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा पत्रकार दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, थारु पत्रकार संघ नेपाल चितवनक सल्लाहकार चन्द्राकुमारी चौधरी र शाखाका संस्थापक अध्यक्ष कारी महतोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम थारु पत्रकार संघ नेपाल चितवन शाखाका अध्यक्ष सुमित्रा महतोको अध्यक्षतामा सम्पन्न भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *