युवा इन्जिनियर श्याम नारायण चौधरी कोषाध्यक्षका अब्बल उम्मेदवार

इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन शुक्रबार हुँदैछ। देशैभर एक साथ हुने निर्वाचनमा २१ हजार बढी मतदाता रहेका छन्।

निर्वाचनमा सप्तरीका युवा इन्जिनियर श्यामा नारायण चौधरीले केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनले एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उम्मेदवारी दिएका हुन्। यो समूहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्तरुपमा प्यानल बनाएका छन्। यही प्यानालमार्फत् बलियो उम्मेदवारको रुपमा रहेका छन्, युवा इन्जिनियर श्याम नारायण चौधरी।
भिडियो हेर्नुस्:

चौधरी विगत लामो समयदेखि इन्जिनियरहरुको हकहितको लागि आवाज उठाउँदै आएका छन्। खोप कलेजबाट सिभिल इन्जिनियरमा स्नातक गरेका उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट उर्बान प्लानिङमा स्नात्तकोत्तर गरेका छन्। उनले शहरी योजनाअन्तर्गतका विभिन्न प्रोजेक्टहरुमा कामसमेत गरेका छन्।

गोल्डेन इन्जिनियरिङ कन्सल्टेन्सीको कार्यकारी निर्देशकसमेत रहेका उनले सहरी योजनाअन्तर्गतका प्रोजेक्टहरुमा एक्सपर्ट र कल्स्लट्यान्टको रुपमा कार्यरत छन्।

उनले पेशागत इन्जिनियरहरुको सबालमा सधैं अग्रपंक्तिमा रहेर आवाज उठउँदै आएका छन्। उनले आफ्नोउम्मेदवारीबारे भने, ‘इन्जिनियरिङ पेशाको हकहित र सामाजिक मर्यादा कायम गर्न, नयाँ इन्जिनियरहरुलाई जागिर ग्यारेन्टी गर्न, इन्जिनियरहरुलाई न्युनतम तलब उपलब्ध गराउन, स्थानीय तहका खटिएका इन्जिनियरहरुको समस्या समाधान गर्न र अनलाइन भोटिङको व्यवस्था मिलाउनलाई उम्मेदवारी दिएको छु।’

निर्वाचनमा विजय भएपछि यिनै  एजेन्डाहरुलाई स्थापित गर्न रातदिन खटिने उनले बताए। ‘मेरो एज्न्डामाथि म रातदिन खटेर काम गर्छु। इन्जिनियहरुको अधिकार स्थापित गर्न कुनै कसर बाँकी राख्दिनँ। त्यसैले समग्र इन्जिनियरहरुलाई आग्रह गर्न चाहन्छु। मलाई आफ्नो अमूल्य मत दिनुहोस्,’ उनले भने।

एकीकृत प्रगतिशील इन्जिनियर उक्त समूह डा. हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। सो प्यानलबाट उपाध्यक्षमा न्हसला तुलाधार, महासचिवमा डा. शंकर ढकाल, उपमहासचिवमा डा. समित थापा र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *