माओवादी मोरङ संयोजकमा सांसद विजयकुमार विश्वास

नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन्। पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो। विश्वास पूर्वराज्यमन्त्री पनि हुन्।

माओवादी केन्द्रले संघीयताको कार्यान्वयन गर्दै जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गरेको छ। समन्वय समितिमा प्रदेश कमिटिले संयोजक तोक्ने व्यवस्था छ भने सचिवको निर्णय समन्वय समितिको बैठकले गर्ने
पार्टीको प्रदेश कमिटिका सचिव गणेश उप्रेतीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *