वडाध्यक्ष चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट रामचन्द्र चौधरीको मृत्यु

वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट उदयपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बुधबार बेलुका त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष ४०वर्षीय निर्मलकुमार चौधरीले चलाएको स१ब ८९७ नम्बरको सरकारी मोटरसाइकलको ठक्करबाट स्थानीय ५० वर्षीय रामचन्द्र चौधरीको ज्यान गएको हो ।

सदरमुकाम गाईघाटबाट घरतर्फ जाने क्रममा गाईघाट–कदमाह सडकखण्डको त्रियुगा नपा ६ कुमारीचौकमा दुर्घटना हुँदा चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले बताए । दुर्घटना लगत्तै स्थानीयको सहयोगमा उपचारका लागि बिराटनगर लैजानेक्रममा चौधरीको बाटोमा नै ज्यान गएको उनले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वडाध्यक्ष चौधरीलाई उपचारका लागि विराटनगर लगिएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष चौधरीले मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *