टीकापुरका निर्दोष थारुहरुको श्रापले फुट्दैछ जसपा

टीकापुर राजबन्दी रिहाइको लागि ओली सरकारको बेला जति कामहरु अगाडि बढेको थियो, त्यो अरु कुनै सरकारको बेला हुन सकेको छैन। योभन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा यो मुद्दा टुङ्गोमा पुर्या उन निकै प्रयास गरेकै हो। तर अदालतले अवरोध खडा गरिदियो।

ओली प्रधानमन्त्री हुँदा लोसपा थिएन, जसपामात्रै थियो। जसपाको कार्यलय बबर महलमा बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत अन्य घटकहरुको भेला भयो। मलाई रिहाइ अभियानको संयोजक प्रस्ताव गर्योप। यो प्रस्तावमा बाबुरामको सबैभन्दा ठूलो चाहना थियो। त्यसपछि अर्को चाहना राख्नेमध्येका महतो पनि थिए।

मेरो नाम प्रस्ताव भएपछि मैले कुरा राख्ने दौरानमा उपेन्द्र यादवमाथि आक्रोश पोख्दै भनेको थिएँ- उपेन्द्रजी तपाईँहरुको पार्टीको नेता हुनुहुन्छ। उहाँ आज दाङमा हुनुहुन्छ, यो बैठकबारे उहाँको धारणा के हो? किनकि मलाई थाहा थियो, उपेन्द्रजीका लागि थरुहट मुद्दा नै होइन।

अर्को अचम्मको कुरा पनि थाहा भयो त्यस दिन। जसपाको कार्यालय बबर महलमा मलाई संयोजक प्रस्ताव गर्ने दिन एक घण्टाअघि मात्रै महन्थ ठाकुरजी र मेरोबीच बाबुराम भट्टराई र राजेन्द्र महतोले मलाई संयोजक बनाउने प्रस्तावबारे कुरा गर्दा उहाँलाई केही पनि थाहा नभएको कुरा भन्नुभयो। कुरा प्रष्ट थियो, बाबुराम र राजेन्द्र महतोले उहाँसँग छलफल गरेका थिएनन्। त्यतिबेला नै मलाई लागिसकेको थियो, यो जसपा धेरै दिन टिक्दैन।

त्यस दिन मलाई संयोजक बनाइयो। काम अगाडि कसरी बढाउने भन्नेबारे छलफल सुरु भयो। बाबुराम, महतोलगायतका नेताहरुसँग एक राउन्ड छलफल सकियो। जसले मलाई संयोजक भइदिनु पर्योा भनेर आग्रह गर्यो ती दुई नेता महतो र बाबुरामबीच पनि मेरो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरामा फरक मत भएको पाँए। बाबुरामको चाहना स्वतन्त्र अभियान चलाउनुस् भन्ने थियो भने राजेन्द्र महतोको चाहना जसपाको अभियान जस्तो बनाउने चाहना थियो।

सायद राजेन्द्र महतोले सुरेन्द्र चौधरीलाई राम्रोसँग चिनेका थिएनन् या कार्यकर्तालाई गुलाम बनाउने आदत परेर होला मलाई पनि आदेशात्मक शैलीमा काम अह्राउने दुश्प्रयास गर्न थालेपछि सुरुमै मैले उनलाई बाध्य भएर भन्नैपर्यो – राजेन्द्रजी म तपाईंको गुलाम होइन। मसँग काम गर्नु छ भने पहिले तमिजले कुरा गर्न सिक्नुस्। मैले यस्तो जवाफ दिएपछि उनी बाबुरामलाई आफ्नो कार्यालय अनामनगर बोलाएछन्। बाबुरामलाई अगाडि राखेर फोनको स्पिकर खोलेर मलाई फोन गरेका रहेछन्। महतो उत्तेजित भएर मलाई फोनमा एकतर्फी भन्दै गएँ- तपाईंलाई के सोचेर संयोजक बनाइयो तपाईं आफ्नो कुराले चल्ने, हाम्रो निर्देशन नमान्ने आदि” कुरा गर्दै बर्बराउन थालेपछि मैले फेरि पनि पुरानै कुरा भनेँ- महतोजी म तपाईंको कार्यकर्ता पनि होइन, गुलाम पनि होइन। तपाईं र बाबुरामले गर्न चाहेको के हो? भनेर थर्काएपछि फोन काटी दिए। त्यसपछि म उहाँहरुसँग कुरा गर्ने आवश्यकता पनि ठानिन। महन्थ ठाकुर भने निरन्तर मसँग छलफल गदै ओलीसँग वार्तामा जानुभयो। निस्वार्थ टीकापुरको विषयमा कोही इमान्दार छ भने त्यो नेता महन्थ ठाकुरमात्रै हो। अहिले सुन्दै छु, राजेन्द्र महतो एक्लिएका छन्। उपेन्द्र यादव र बाबुराम पनि फुट्दैछन् भन्ने हल्ला छ। जैसा कर्नी वैसा भर्नी!

मोबाइलको स्पिकर खोलेर दुई जनाको कुराकानी तेस्रो व्यक्तिलाई सुनाउने र सुन्ने नेताहरुको राजनीतिक संस्कारले पार्टी किन नफुटोस्?




Leave a Reply

Your email address will not be published.