एमसीसी अनुमोदन नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरीले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भए पनि एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्ने उनको भनाइ छ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गरेको निर्वाचन सम्बन्धी अन्तर्क्रियामा मन्त्री चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव पहिले हुने भन्ने यकिन हुने बताए। ‘कांग्रेस चुनावबाट भाग्दैन, तर एमसीसीबारे जुन खालको विवाद देखिएको छ, त्यसले अब कुन तहको चुनाव पहिले हुन्छ, फागुन १६ पछि मात्रै थाहा हुन्छ।’ एमसीसी चीन र अमेरिकाका नाममा राजनीतिक दलहरु विभाजित हुनु दुःखद भएको मन्त्री चौधरीले बताए।

संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले आर्थिक रुपमा कमजोर वर्ग र समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था नभएकाले मितव्ययी निर्वाचन प्रणालीका बारेमा बहस गर्नुपर्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *