एमसीसी जबरजस्ती अघि बढाइए माओवादीले विपक्षमा मतदान गर्ने, सरकारबाट बाहिरिने

नेकपा माओवादी केन्द्रले संसद एमसीसी टेबुल भए सरकारमा नरहने बताएको छ। संसदीय दलको बैठकले सर्वदलीय सहमति जुटाएरमात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। ‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ,’ उनले भने।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएकोबारे पत्रकारको जिज्ञासामा गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन।’

उनले पाँच दलको निर्णय बिना सरकारको निर्णय हुन नसक्ने बताए। ‘गठबन्धनको निर्णय बिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ,’ उनले भने। त्यस्तै राष्ट्रियसभा सदस्य हरिराम चौधरी उत्सवले पनि एमसीसी टेबुल भए माओवादी सरकारबाट बाहिरिने बताए। उनले जबर्जस्ती टेबुल गरे सरकारबाट बाहिरिने संसदीय दलको निर्णय भएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *