टीएफएले १५ जना थारु विद्यार्थीलाई प्रदान गर्‍यो साढे तीन लाखको छात्रवृत्ति

अमेरिकास्थित थारु फ्रेन्ड्स एन्ड एसोशियसन(टीएफए)ले छात्रवृत्ति पाउने १५ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। टीएफएले २०२१-०२२ का लागि ८९ आवेदनमध्ये १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

माध्यमिक तह र स्नातक तह पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। जसअनुसार कक्षा ७ पढ्ने कैलालीकी आयुसा चौधरी, कक्षा ९ पढ्ने सप्तरीकी प्रिती कुमारी चौधरी, बाराका समिर चौधरी र कक्षा १० पढ्ने बाँकेका प्रयन चौधरी रहेका छन्।

त्यस्तै प्लस टुअन्तर्गत सप्तरीकी आरजु सिंह, बर्दियाका भुपेन्द्र चौधरी, कञ्चनपुरका मोहन चौधरी, बर्दियाका रवि चौधरी, सिरहाका रोजेश चौधरी र कैलालीका संगीता कुमारी चौधरी रहेका छन्। त्यस्तै स्नातक पढ्ने बाँकेका आशिष थारु, बाराका जतिन राउत, रौतहटका निशा कुमारी चौधरी, सप्तरीका पियुस चौधरी र रुपन्देहीका राहुल चौधरी रहेका छन्।

छाज्ञवृत्ति पाउनेहरु विभिन्न विषयका रहेको टिएफएले जनाएको छ। यीमध्ये ११ जनाले साधारण छात्रवृत्ति र ४ जनाले नामाकरण गरिएको छात्रवृत्ति पाएका हुन्। जसअन्तर्गत भुपेन्द्रले बसन्ती देवी चौधरी छात्रवृत्ति, मोहनले सरोज चौधरी छात्रवृत्ति, रवि चौधरीले सिकागोल्यान‍्ड थारु सोसाइटी छात्रवृत्ति र संगीताले सरोज चौधरी छात्रवृत्ति पाएका हुन्।

टिएफएले कूल ३ लाख ४८ हजार ५ सय रुपैँयाको छात्रवृत्ति प्रदान गरेको हो। जसमा १० कक्षा मुनिकालाई जनही दस हजार, प्लस टु स्नातककालाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको हो। यीमध्ये नामाकरण छात्रवृत्ति पाउनेले थप १० हजार गरी ३५ हजार हजार पाउने टीएफएले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *