चीनका विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न भारतको चेतावनी

भारतले चिनियाँ विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवं आयोग (एनएमसी)ले बिहीबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो।

कोभिड महामारी सुरु भएपछि हालसम्म चीनले विदेशी विद्यार्थी प्रवेशमाथि निरन्तर प्रतिबन्ध लगाएपछि भारतको चिकित्सा निर्देशनालयले सो चेतावनी दिएको हिन्दुस्तान टाइम्समा खबर छ। एनएमसीले गएको मंगलबार भारतको परराष्ट्र मन्त्रालयसमक्ष चिकित्सा शिक्षा अध्ययनका लागि चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनीसहितको पत्र पठाएको थियो।

मन्त्रालयले बिहीबार सो पत्र स्वीकार गरेपछि चिनियाँ चिकित्साशास्त्र विश्वविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई सचेत रहन आग्रह गरिएको बताइएको छ। केभिड-१९ महामारी सुरु भएदेखि चीनले विदेशी विद्यार्थीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। तैपनि यतिबेला विभिन्न चिनियाँ विश्वविद्यालयले आगामी वर्षको एमबीबीएस कार्यक्रमका लागि भर्ना हुन विद्यार्थीलाई आवेदन दिन आग्रह गरिरहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *