बेइजिङ ओलम्पिकमा भारतको कूटनीतिक बहिष्कार

भारतले चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ। चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कूटनीतिक बहिष्कार गर्ने जनाएको हो।

विन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागी नभएको भारत समापन समारोहमा पनि सहभागी नहुने भएको छ। सन् २०२० जुनमा चीन-भारत सीमामा भएको सैन्य झडपमा घाइते भएका चिनियाँ सैनिकलाई चीनले ओलम्पिकका लागि टर्च बोक्ने व्यक्ति बनाएपछि भारतले दुवै समारोहमा सहभागी नहुने घोषणा गरेको थियो।

चीन-भारत सीमानाका गलवानमा भएको उक्त झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। उक्त झडप चार दशकयताकै सबैभन्दा खतरनाक झडप भएको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले यस्तो विषयलाई राजनीतीकरण गर्नु खेदजनक भएको बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *