चीन-भारत झडपको प्रतिवेदन सार्वजनिक, घटनामा ३८ चिनियाँ सैनिक मारिएको पुष्टि

भारत र चीनबीच भएको झडपको प्रतिवेदन सार्वजनिक भएको छ। सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ।

चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यो प्रतिवेदनमा शोधकर्ता र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ।

सुरक्षाका कारण उनीहरूको नाम गोप्य राखेको बीबीसी हिन्दीले जनाएको छ। गत १५ जुनमा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो। चिनियाँ सेनातर्फ के-कति क्षति भएको थियो भन्नेबारेमा आधिकारिक विवरण आएको थिएन।

त्यो घटनालाई भारत-चीन सीमामा पछिल्लो चार दशकमा भएको सबैभन्दा ठूलो झडप बताइएको थियो। त्यसयता अहिलेसम्म यी दुई देशबीच १४ चरणको सैन्य वार्ता भइसकेको छ तर अहिलेसम्म निष्कर्ष निस्किएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *