प्रधानमन्त्रीसँग लोसपाको माग- एमसीसीअघि रेशम चौधरीको रिहाइ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रेशम चौधरीको रिहाइ हुनुपर्ने शर्त अगाडि सारेका छन्। एमसीसीका विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ठाकुरले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका कैलाली- १ का निलम्बित सांसद चौधरीको रिहाइ माग गरेका हुन्।

प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न ठाकुरसँग सहयोग मागेका थिए। त्यसअघि रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने माग अगाडि सारिएको लोसपाका एक नेताले बताए।

ठाकुरले सुरुमै आफूहरुले यसअघि उठाएको मागबारे के भइरहेको छ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। ठाकुरको प्रश्नमा प्रधानमन्त्री देउवाले आफू सो मागमा सकारात्मक रहेको जवाफ दिएको ती नेताको भनाइ छ। भेटमा देउवाले आगामी दिनमा सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। लोसपाले संविधान संशोधन, रेशम चौधरीलगायतको रिहाइ र मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधानलगायतको माग राख्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *