भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा उनले नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने जानकारी दिए। भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेपाली रुपैयाँ ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मानसमेत गरे। कार्यक्रममा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

क्वात्राका अनुसार नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ ।

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म कार्यक्रमहरुको आयोजना गरिने दूतावासले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *