नेपालमा चीनिया नागरिक गैरकानुनी काम र आपराधिक गतिविधिमा सक्रिय

नेपालमा चिनीया नागरिकहरुको उपस्थिती बाक्लीए संगै उनिहरुको नेपालमा गैरकानुनी काम र आपराधिक गतिविधिमा सक्रिय बन्दै आईरहेका छन् । नेपालमा गैरकानुनी रुपमा बसेर नेपालले बन्चित गरेका अपराधिक क्रियाकलापमा धेरै चाईनिज नागरिकहरु संलग्न रहेको तथ्यहरु फेला पर्न थालेका छन् । रकम चोरी, ह्याकिङ,मानव वेचविखन, जवरजस्तीकरणी, अवैध सुनको तस्करी तथा लागु औषधको कारोबारमा चिनीया नागरिकको प्रत्यक्ष संलग्नता रहदै आईरहेको तथ्यहरु बाहिर आईरहेका छन् ।

पर्यटक भिषा लिएर नेपाल भित्रने र लामो समय नेपालमा बसेर अपराधिक क्रियाकलाप गर्नमा चिनिया नागरिक अग्रपङ्गितमा रहेका छन् । गत साल हरुमा काठमाण्डौका केही बैंकका एटिम वुथबाट अस्वभाविक रुपमा चाईनिज नागरिकहरुले करोडौ रुपैया चोरी गरे । संगठित रुपमा नेपाल पसेर नेपालको अर्थतन्त्रलाई नै धक्का दिने उद्धेश्यले ५ जना चिनिया नागरिकले एटिम नै ह्याक गरी रकम चोरी गरेका थिए । आज सम्मको प्रहरी अनुसन्धानबाट नेपालको बैकहरुको एटिएम ह्याक गरी पैसा चोरी गर्ने व्यति भनेको चिनिया नागरिक नै हो । यस्तो अपराधिक कार्यमा उनिहरुले नेपालीलाई पनि अप्रत्यक्षरुपमा संलग्न गराउदै आईरहेका छन् ।

चिनिया नागरिकको संलग्नता नेपालमा अपराधिक क्रियाकलाप भएको यो घटना पछील्लो तर धेरै चर्चा पाएको उदाहरण हो । यस अघि पनि चिनिया नागरिक पटक पटक पक्राउ गर्ने गरेका थिए । सो एटिएम बाट पैसा ह्याक गरि चोरी गर्ने गिरोहमा चाईनिज नागरिक लिन जेनमेङ्ग, , लिओ जाईलेइ , सु लायङगाङ, क्यु युनक्विन र चेन विन संलग्न रहेका थिए । अवैध सुन काण्डमा पनि चाईनिज नागरिककै संलग्नता रहंदै आईरहेको छ । हङकङबाट हुने सुन तस्करीमा पनि उनिहरुको संलग्नता रहदै आएको छ । चिनिया नागरिक लि निङ ले हङकङ बाट अवैध रुपमा नेपाल ल्याईएको ४ केजी सुन सहित पक्राउ परे उनि नेपालमा बसेर अवैध सुन तस्करीमा संलग्न रहेका थिए ।

यति मात्र होईन उनिहरु नेपालमा अवैध रुपमा बसेर सभा,जुलुस,धर्ना जस्ता अवान्छित गतिविधिमा पनि सक्रिय रहंदै आईरहेका छन् । उनिहरु नेपालमा बसेर अस्थिरता पैदा गर्ने काममा सक्रिय रहंदै आईरहेका छन् । नेपालको कानुन र नियमलाई अनिवार्य रुपमा पालना गर्न निर्देशन दिदा पनि चाईनिज नागरिकहरु त्यस्को धज्जी उडाउंदै अपराधिक क्रियाकलाप गर्दै आईरहेका छन् । नेपालमा अवैध अधिकांश चिनिया नागरिक छाडा,अशिष्ट र झगडालु स्वभावका भएको आम नेपाली जनमानसको बुझाई रहंदै आएको छ । नेपालमा चिनियाहरुको गुण्डागर्दी , अपराधिक हर्कत र अपराधिक धन्दाका घटना यति मात्र होईन अहिले पनि यसलाई निरन्तरता दिई रहेका छन् ।

नेपाल सरकारले हाल सम्म १२२ जना चिनिया संदिग्ध अपराधिहरुलाई पक्राउ गरिसकेको छ तरपनि उनिहरुको अपराधको श्रङखला अझै रोकिएको छैन । अवैध अमेरिकन डलरको तस्करी गरी कारोबार गर्न पछिल्लो समय उनिहरुले नेपालको भुमिलाई प्रयोग गर्दै आईरहेका छन् । लामो समय देखि काठमाण्डौको ठमेलमा बसेर होटल काठमाण्डौ वान संचालन गर्दै आईरहेका चिनिया नागरिक चेन क्याङ्ग सोही होटलमा प्रतिबन्धित समुन्द्रि घोडा (सि हर्स फिस) करिव ७ किलोग्राम अनेक जडीबुटी, तिनसय ग्राम सुनखरी र यार्सागुम्बा सहित पक्राउ परे उनी विगत लामो लामो समय देखि अवैध कारोबार गर्दै आईरहेका थिए ।

२०५७ साल देखि नेपाल चिनियाहरु विभिन्न तस्करी र अवैध कारोबारमा संलग्न रहेको नेपाल प्रहरी संग प्रमाण रहेको छ । २०७२ को भुकक्म पछी त झन् चिनिया नागरिकको गतिविधि ह्वातै बढेर गएको छ । २०६७ साल यता तातोपानी नाका चिनिया तस्करहरुको लागि अवैध सामान तस्करी गर्ने मुख्य नाका नै भएको छ । त्यस यता दिनहुं तस्करी बढ्ने क्रम जारी छ । यसमा चाईनिज नागरिक नै बढी संलग्न रहेको नेपाल प्रहरीको रेकर्डमा छ । उनिहरुले वन्यजन्तुका अंग, लागु औषध , डलर, अवैध सुन , रक्तचन्दन,साईवर कानुन उल्लघंन गर्ने , विधुतिय नेटवर्क प्रणली तोड्ने , अनलाईन जुवा खेलाउने , मुद्रा निर्मलीकरण , वेश्याबृती गराउने , चेलीवेटी बेचविखन जस्ता क्रियाकलापमा संलग्नता राख्दै आईरहेका छन् ।

६ महिनाको भिजिट भिषा लिएर नेपाल भित्रने र लामो समय गैरकानुनी रुपमा बसोबास गरी अपराध गरेर चिन फकर्ने गरेका उनिहरुले अनलाईन ठगिबाट नेपाली युवाको करोडौ रुपैया समेत ठगि गरिसकेका छन् । नेपालका ठुला सहरहरु काठमाण्डौ , पोखरा, बुटवल लगायत शहरहरुमा कोठा भाडामा लिएर अवैध असुलि र गैरकानुनी क्रियाकलाप गर्दै आईरहेका उनिहरुको संदिग्ध गतिविधि अझ बढेर गएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *