पाकिस्तानमा मल अभाव भएपछि किसानहरु आन्दोलित

पाकिस्तानमा खेतीको समयमा मल नपाएको भन्दै किसानहरु आन्दोलित बनेका छन्। मलको अभाव, सिचाईलगायतका समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै सयौं किसानहरुले साकिबवाद तेहसिलमा धर्ना दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पाकिस्तान सञ्चारमाध्यम डनका अनुसार किसानहरु भोंग, रहिमवाद, नवाजवादलगायतका क्षेत्रहरुबाट र्‍याली निकाल्दै तेहसिलमा पुगेका हुन्। पाकिस्तान पिपुल्स पार्टीका सांसद मुम्ताज अलि चांगले नेतृत्व गरेको र्‍याली तेज चोक बाइबास हुँदै तेहसिल पुगेको हो। उक्त र्‍यालीले केही समय राष्ट्रिय राजमार्गसमेत अवरुद्ध पारेको थियो।

र्‍यालीमा सहभागी भएकाहरुले जिल्ला प्रशासन र केन्द्र सरकारको चको आलोचना गरेका हुन्। उनीहरुले किसानहरुका सामान्य समस्या सम्बोधन गर्न नसकेकोमा निकम्मा साबित भएकोसमेत बताएका छन्। उनीहरुले पाकिस्तानको सहयाक आयुक्त कलिम युसुफ र कृषि उपनिर्देशक मलको संकट समाधान गर्न पूर्ण असफल भएको आरोप लगाएका छन्।

त्यसैगरी सिचाईको पनि समस्या रहेको किसानहरुले बताएका छन्। आन्दोलनमा सहभागी भएका किसानहरुको ट्याक्टर, मोटरसाइकल पनि प्रशासनले नियन्त्रणमा लिएको आरोप लगाएको छ। उनीहरुले आफ्नो पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *