पाकिस्तानमा अल्पसंख्कमाथि भइरहेको विभेदविरुद्ध युरोपेली संसदको आलोचना

पाकिस्तानमा अल्पसंख्यकको रुपमा बर्षौ बर्ष देखि बस्दै आएका इसाई, सिख, हिन्दु वा अहमवादी जस्ता धार्मिक समुदाय माथि भईरहेका यातना एवं प्रडातना विरुद्ध युरोपेली युनियनको संसदका सदस्य इमानुएल फ्रेग्कोसले कडा आलोचना गरेका छन् ।

युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकाबाट गरिरहेको भेदभाव एवं यातना दिइरहेका हुन् । पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरू सामाजिक–आर्थिक, राजनीतिक वा सांस्कृतिक रूपमा सीमान्तकृत भएकाले यस्तो यातनाको शिकार भएको उनले दाबी गरे ।

उनले थपे कि सुन्नी मुस्लिम बहुल पाकिस्तानी समुदायले यी अल्पसंख्यकहरू विरुद्ध संगठित हिंसा, नरसंहार, गैरन्यायिक हत्या, अपहरण, बलात्कार वा जबरजस्ती इस्लाम धर्म परिवर्तन गर्न अन्धाधुन्ध सहारा लिएको छ । उनले यो पनि टिप्पणी गरे कि पाकिस्तानमा निन्दा कानूनको घोर दुरुपयोग भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *