नागरिक उन्मुक्ति पार्टीले टिकापुर क्षेत्रमा संगठन विस्तार गर्दै

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले टीकापुर क्षेत्रमा संगठन विस्तारको काम सुरु गरेको छ। पार्टीले टीकापुर वडा ५ मा वडा समिति गठन गरेको छ। वडामा आयोजित प्रथम भेलाबाट फुलराम चौधरीको संयोजकत्वमा ५१ सदस्यीय वडा समिति गठन भएको छ। जसको सहसंयोजक नरैना चौधरी, कोषाध्यक्ष उषा कुमारी चौधरी, सचिव नेत्र चौधरी र सहसचिव मायाराम चौधरी चयन भएका छन्।

बलवीर थारुको अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य रामलाल डगौरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशोर चौधरी, केन्द्रीय सदस्य रमेश विकलगायतले मन्तव्य राखेका थिए। नागरिक उन्मुक्ति पार्टी दर्ता भएपछि पछिल्लोपटक टिकापुरमा संगठन निर्माणलाई तीव्रता दिएको छ।




One thought on “नागरिक उन्मुक्ति पार्टीले टिकापुर क्षेत्रमा संगठन विस्तार गर्दै

Leave a Reply to Raj Cancel reply

Your email address will not be published. Required fields are marked *