थारु फ्रेन्ड्स अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग

अमेरिकामा बस्ने थारुहरुले न्युयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएका छन्। थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्युयोर्क राज्यको रिजिङ सहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

विगत वर्षमा माघीको अवसरमा विभिन्न झाँकीसहित साँस्कृतिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै न्युयोर्क राज्यको रिजिउड सहरमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका थारु फ्रेन्ड्स एण्ड एसोसिएसनका उपाध्यक्ष दिपक चौधरीले बताए।

उनका अनुसार त्यहाँ बस्ने नेपाली र अन्य समुदाय गरेर पाँच सय बक्स स्यानिटाइजर सहयोग गरिएको हो। आफूहरुले गरेको सानो सहयोगले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई न्युनीकरण गर्नमा केही सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरे।
यसैबीच चौधरीले विश्वभर फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नलाई उच्च सतर्कता अप्नाउन समेत आग्रह गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *